वीर अस्पतालका लेखा अधिकृत घूसको ठूलो रकमसहित अख्तियारद्वारा नियन्त्रण
काठमाडौं । अख्तियार दुरुपयोग अनुसनधान आयोगले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका लेखा अधिकृत ५० वर्षीय ढुण्डीराज दाहाललाई घूस/रिसवत वापतको रकमसहित नियन्त्रणमा लिएको छ ।
आइतबार अख्तियारको टोलीले लेखा अधिकृत दाहाललाई रू. १ लाख २० हजार ८ सय ५० रुपियाँसहित नियन्त्रणमा लिइएको विज्ञप्तिमा उल्लेख छ ।
लेखा अधिकृत दाहालको स्थायी ठेगाना भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ९ बोडेमा रहेको छ । उनलाई अख्तियारको टोलीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालको आर्थिक प्रशासन शाखाबाट नियन्त्रणमा लिएको थियो ।
लेखा अधिकृत दाहालसँग अख्तियारको टोलीले घूस/रिसवत वापतको रकम एक लाख बीस हजार आठ सय पचास रुपियाँ, मोबाईल डिभाईस थान – १ र अन्य सम्बन्धित कागजातहरू नियन्त्रणमा लिएको छ ।
विभिन्न सप्लायर्स कम्पनी, ठेकेदारहरूलाई नियमानुसार भुक्तानी गर्नुपर्ने बिल रकम भुक्तानी गर्दा घूस/रिसवत वापतको रकम लिई निजको कार्यकक्षभित्र लुकाई राखेको भन्ने सूचनाको आधारमा अख्तियारको कार्यालय, टंगाल, काठमाडौंबाट खटिएको टोलीले दाहाललाई घूस/रिसवतको रकमसहित पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया