अख्तियारद्वारा नगरपालिकाका हाकिमसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको माधव नारायण नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थसहित ३ जना र १ कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आइतबार आयोगले विशेष अदालत, काठमाडौंमा कायस्थका साथै नगरपालिकाका लेखापाल रामबलमप्रसाद यादव, रौतहट एडभटाइजिङ्ग एजेन्सी प्रालि र त्यसका सञ्चालक अजितकुमार कर्णविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार उनीहरूले बोलपत्र र आशयको सूचना प्रकाशन नगरी अनियमितता गरेको भन्दै आयोगमा उजुरी परेको थियो ।
अनुसन्धानका क्रममा २ लाख ५७ हजार ९७० रुपियाँ अनियमितता गरेको पाइएपछि उनीहरूविरुद्ध मुद्दा दायर गरिएको छ ।
ooo
अख्तियार दुरुपयोग अनुसन्धान आयोग
टङ्गाल, काठमाडौं
मिति: २०८२।०६।२६ गते ।
प्रेस विज्ञप्ति
विषय: आरोपपत्र दायर गरिएको।
जिल्ला रौतहट, माधवनारायण नगरपालिकाले ठेक्का MNM/Works/2077/78” Construction of School Building, Madhav Narayan Municipality-03 Sakuwaba, Rautahat” को बोलपत्रको सूचना र आशयको सूचना प्रकाशनको विषय/सूचना प्रकाशन नै नगरी प्रकाशन गरेको देखार्इ भ्रष्टाचार गरेको भन्नेसमेत व्यहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा आ.व. 2077।78 मा जिल्ला रौतहट माधव नारायण नगरपालिका वडा नं. 3 देवी माध्यमिक विद्यालय सखुअर्वामा भवन निर्माण कार्यको लागि ठेक्का नं. MNM/Works/2/077/078 बोलपत्र आह्वानको सूचना र बोलपत्र स्वीकृत गर्ने आशयको सूचना सार्वजनिक खरिद ऐन बमोजिम राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा सो नगरी माधव नारायण नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थ, लेखापाल रामबलम प्रसाद यादव र रौतहट एडभटाइजिङ्ग एजेन्सी प्रा.लि.का सञ्चालक अजित कुमार कर्णसमेतको आपसी मिलोमतो तथा योजनामा आफूहरुलाई गैरकानूनी लाभ तथा माधव नारायण नगरपालिकालाई हानि पुर्याउने बदनियतले उक्त बोलपत्र आह्वानको सूचना र आशयको दुबै सूचना लुकाई छिपाई सूचना प्रकाशन नगरी नगराई माधव नारायण नगरपालिकाको ठेक्काको प्रयोजनार्थ अभिलेखमा राख्ने गरी सिटी पोष्ट राष्ट्रिय दैनिक पत्रिका जस्तो देखिने सिमित प्रति मात्र प्रकाशित उक्त मिति 2077।10।08 गतेको बोलपत्र आह्वान र मिति 2077।11।13 गतेको बोलपत्र स्वीकृत गर्ने आशयको सूचना माधव नारायण नगरपालिकामा पेश गरेको देखिएकोमा उक्त सूचना प्रेस काउन्सिल नेपालको पत्रबाट मिति 2077।10।08 गतेको बोलपत्र आह्वानको सूचना र मिति २०७७।११।१३ गतेको बोलपत्र स्वीकृत आशयको PDF अभिलेख नदेखिएको भनी प्राप्त भएबाट सोही झुट्टा विवरणसहितको पत्रिकाको आधारमा रौतहट एडभटाइजिङ्ग एजेन्सी प्रा.लि., गौर, रौतहटलाई सूचना विवरण लुकाउने कलुषित मनसाय साथ सार्वजनिक तवरमा वितरण प्रयोजनार्थ प्रकाशित नै नगरेको थप पृष्ठ उक्त सक्कली पत्रिका साथै राखी उक्त झुट्टा बिल भरपाई लगायतका कागजातहरुको आधारमा रू.2,57,970।- (दुई लाख सन्ताउन्न हजार नौ सय सत्तरी रुपैयाँ मात्र) भुक्तानी दिएको पुष्टि भएको हुँदा उक्त कार्यमा संलग्न प्रतिवादीहरु उपर देहायबमोजिम सजायको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
देहाय
सि.नं. नामथर, पद र कार्यालय बिगो रु. कसुर तथा सजायको मागदाबी
- माधव नारायण नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थ र लेखापाल रामबलम प्रसाद यादव रू.2,57,970।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसूर भएको हुँदा बिगो रु. दुई लाख सन्ताउन्न हजार नौ सय सत्तरी रुपैयाँ कायम गरी सोही ऐनको दफा ८ को उपदफा (1) बमोजिम कैद र बिगो बमोजिम जरिवाना सजाय गरी बिगो असूल उपर हुन मागदाबी लिइएको छ।
- रौतहट एडभरटाइजिङ्ग एजेन्सी प्रा.लि. तथा उक्त कम्पनीका सञ्चालक/अध्यक्ष अजित कुमार कर्ण रु.2,57,970।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसूरजन्य कार्यको नगद तथा गैरकानूनी लाभ प्राप्त गर्ने प्रकृतिको मतियार भई सोही ऐनको दफा 22 बमोजिमको कसूर भएको हुँदा मुख्य कसूरदारहरूलाई बिगो रु. दुई लाख सन्ताउन्न हजार नौ सय सत्तरी रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (1) बमोजिम हुने सजायलाई आधार मानी सोही ऐनको दफा २२ को प्रतिवन्धात्मक वाक्यांश बमोजिम मुख्य कसूरदारसरह सजाय गरी बिगो असुल उपर हुन मागदाबी लिइएको छ।
प्रवक्ता
राजेन्द्र कुमार पौडेल
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया