श्रेष्ठ नेतृत्वको एनआरएनएद्वारा काठमाडौंमा मनायो २२औं स्थापना दिवस
काठमाडौं । महेशकुमार श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले २२औं स्थापना दिवसका अवसरमा स्वयम्भूस्थित बौद्ध स्तुपामा दीप प्रज्वलन गरेको छ ।
शनिबार बिहान आयोजित कार्यक्रममा संघका अध्यक्ष श्रेष्ठ नेतृत्वको कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूले शान्ति र समृद्धिको कामना गर्दै १०८ दीप प्रज्वलन गरेका हुन् । श्रेष्ठले अहिले गैरआवासीय नेपालीहरूबीच एकताको आवश्यकता रहेको बताए ।
अध्यक्ष श्रेष्ठले गत भदौ २३–२४ को जेनजी आन्दोलनले देशमा व्यापक क्षति पुगेको बताउँदै राष्ट्र पुनर्निर्माणमा एकजुट हुन आह्वान गरेका छन् ।
एनआरएनए उच्चस्तरीय समितिका सदस्य विनोद कुँवरले सबैले व्यक्तिगत हठ त्यागेर एकताबद्ध भएर लाग्नु पर्ने बताएका छन् । उपाध्यक्ष विश्वासदीप तिगेलाले अहिलेको सन्दर्भमा एनआरएनको भूमिका झनै बढेर गएकाले एकता गरेर नेपाल र नेपालीको समृद्धिमा जोडिन आग्रह गरेका छन् ।
कोषाध्यक्ष ठाकुर ढुङ्गानाले जेनजी पुस्ताको आन्दोलनपछि एनआरएनएले पुनर्निर्माणको काम जारी राखेको बताए । उनले बग्गीखानास्थित ट्राफिक कन्ट्रोल रुमको पुनर्निर्माण अन्तिम चरणमा पुगेको बताए ।
एक पटकको नेपाली सधैंको नेपाली भन्ने मूल मर्म अनुरुप सन् २००३ अक्टोबर ११ तारिखमा स्थापना गरिएको एनआरएनका ८० भन्दा बढी मुलुकमा शाखाहरू रहेका छन् ।
संघले एनआरएन दिवसकै अवसरमा शनिबार नै बग्गीखानमा चियापान कार्यक्रम आयोजान गरेको छ । शनिबार साँझ पशुपतिस्थित आरतीस्थलमा दीप प्रज्वलनको पनि कार्यक्रम गरिएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया