आगजनी, लुटपाटमा संलग्न र सुधन गुरुङलाई कारबाही गर्नुपर्छ : जेनजी अगुवा कृष्णमोहन

काठमाडौं । जेनजी अगुवा कृष्णमोहन सहनीले नक्कली जेनजीको नामा आगजनी, लुटपाट र अराजकता मच्चाउनेलाई कारवाहीको दायरामा नल्याएसम्म स्थिरता बन्न नसक्ने बताएका छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर सहनीले जेनजीको नाममा अराजक कार्य गरिरहेको भन्दै सुधन गुरुङ र डा. निकोलस भुसाललाई कानूनको दायरमा ल्याउनुपर्ने बताए ।

उनले भने, ‘जेनजीको नाममा अराजकता मच्चाइरहेका सुधन गुरुङ र निकोलस भुसाललाई कानूनको दायरामा ल्याउनुपर्छ, नत्र स्थिरता आउँदैन । जेनजीको नाममा अगजनी र लुटपाट गर्नेलाई कारवाही गर्नुपर्छ ।’

प्रधानमन्त्री सुशीला कार्कीले जेन वाईको दबाबमा जेनजीको पक्षमा काम नगरेको बताए । उनले जेनजीको पक्षमा काम गर्न नसक्ने भए प्रधानमन्त्री कार्कीले तुरुन्त राजिनामा दिनुपर्ने बताएका छन् । सहनीले आफूहरू आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी पनि दिएका छन् ।

आफूहरूले पुरानै चुनाव गराउन गराउन नचाहेको बताउँदै सहनीले चुनाव रोक्न सरकारसँग आग्रह गरेका छन् । उनले भने, ‘अहिलेकै अवस्थामा गरिने चुनावमा हाम्रो सहमति छैन, हामी बहिस्कार गर्छौ । अहिलेको सरकारले जबरजस्त चुनाव गरायो भने पुनः आन्दोलनमा आउनुपर्ने हुन्छ ।’

संविधान संशोधन गरेर मात्रै चुनावमा जानु पर्ने जेनजीको माग रहेको बताउँदै सहनीले सामानुपातिकलाई खारेज गर्नुपर्ने तर, खराबी हटाएर संघीयतालाई बलियो बनाउनुपर्ने बताए ।

जेनजी बलमा बनेको सरकारका मन्त्रीले सम्पत्ति सार्वजनिक नगरेको बताउँदै आपत्ति जनाए । उनले सरकार समावेशिता नभएको बताउँदै भने, ‘हाम्रो बलमा बनेको सरकारलाई प्रधानमन्त्री कार्कीले समावेशिता छैन । महिला, दलित, मधेसी सहभागिता छैन । यही हो हामीले खोजेको सरकार ?

जेनजी पुस्ता अरुको पछि नलागेर आन्दोलनको म्याडेण्टअनुसार अगाडि बढ्नुपर्ने बताए । आफूहरू तिहार र छठपछि पुनः आन्दोलनमा आउने चेतावनी समेत दिए ।

Published : Wednesday, 2025 October 8, 10:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया