हस्ताक्षर अभियान फेल भएपछि गगनद्वारा खड्का र शेखरलाई भिडाउने प्रयास, नेतृत्व लिन मिलेर आउन देउवाकाे आग्रह
काठमाडौं । मौसमी र रकमी गतिविधि गर्दै आएका नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेता डा.शेखर काेइरालासंग निकट हुन सम्पर्क बढाउन खाेजेका छन् ।
नियमित भेट गरेर आफ्नाे पक्षमा राजनीतिक माहोल बनाउन खाेजे पनि गगनलाई शेेखरले विश्वास गरेका छैनन् । गगनले शेखरलाई पटक पटक धाेका दिइसकेका छन् । नेता डा. शेखर काेइरालाले गगनका चिल्ला र मीठा प्रस्तावमा लाेभ देखाएका छैनन् । महामन्त्री गगन र विश्वप्रकाश शर्माले जेनजी आन्दोलनकाे मौकाकाे फाइदा उठाउन बेमौसमकाे कुरा विशेष महाधिवेशनकाे माग गरेर कथित हस्ताक्षर अभियान चलाएका थिए ।
दुई महिनापछि नियमित महाधिवेशन हुँदै गर्दा गगनले विशेष महाधिवेशन गराउन भनेर लागे पनि त्यो सम्भव छैन । विशेष महाधिवेशन हुने अवस्था नदेखिएपछि गगनले शेखरसँग सहयोग माग गरेकाे स्रोतले जनाएको छ । स्राेतका अनुसार महामन्त्री गगनलाई नेता शेखरले जवाफमा भने- `मैले शुरुमै भनेको थिएँ विशेष महाधिवेशनमा नलाग्नुुस् । याे सम्भावना छैन । बरु नियमित महाधिवेशनमा जान दवाव सिर्जना गरौं । तपाईंले मान्नुभएन ।´
महामन्त्री गगनकाे हस्ताक्षर अभियानले जिल्ला जिल्लामा हावा खान शुरु भइसकेकाे छ । हस्ताक्षर अभियान चलाएका महामन्त्रीद्वय गगन र विश्वप्रकाशले आफूले भने हस्ताक्षर गरेका छैनन् । उनीहरू नेता डा.शेखर काेइरालाकाे जवाफ र कुरा सुनेपछि निरास भएका छन् । गगन र विश्वप्रकाशले कांग्रेसमा याेजना, रणनीति र मार्गदर्शन दिनेभन्दा पनि सामाजिक सञ्जालमा के कुरा चलेकाे छ त्यसकाे पछाडि लागेर रकमी र मौसमी काम, कुरा गर्दै आएका छन् ।
सभापति शेरबहादुर देउवाले कार्यबाहक सभापतिकाे जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिने सम्भावना निकै बढेकाे छ । देउवाले नेताहरूलाई फाेन गरेर मिलेर आउन र नेतृत्व लिन भनिसकेका छन् ।
प्रथम उपसभापति खड्काले कार्यबाहक सभापति पाउने सम्भावना भएपछि गगनले खड्कालाई पनि कार्यबाहक सभापति राेक्न गतिविधि गरिरहेका छन् । खड्कालाई कार्यबाहक सभापति राेक्न गगनले शेखरसंग आग्रह गरे पनि शेखरले गगनकाे याे कुरालाई अस्वीकार गरिदिएका छन् । शेखर नियमित महाधिवेशन समयमा गराएर सभापति बन्ने चाहनामा छन् । नेता शेखरले देउवासहितका नेताहरूको साथ लिएर सभापति बन्न खाेजेका छन् ।
उपसभापति खड्कालाई राेकेर शेखरलाई कार्यबाहक सभापति बनाउने र सभापतिकाे बाटाे क्लियर बनाउन गगनले प्रयास गरे पनि शेखरले कार्यबाहक सभापतिमा लाेभ र रुचि देखाएका छैनन् । शेखरले उपसभापति खड्कालाई चिढ्याउन पनि चाहेका छैनन् । गगनले यस्तै मौसमी र रकमी गतिविधि गर्दै आएका कारण विशेष महाधिवेशनकाे हस्ताक्षर अभियानमा नराम्रोसंग आफै फसेका छन् । उपसभापति खड्का र नेता डा.शेखर काेइरालालाई लडाएर गगनले कार्यबाहक सभापति फुत्काउन पनि खाेजेका छन् । धेरै बाठाे र चतुर हुन खाेज्दा गगनलाई सबै बाटाेहरू बन्द हुने अवस्था आएकाे छ । गगनले धेरै नेताहरूलाई प्रयाेग गर्दै र धाेका दिँदै आएका कारण अहिले आफै फन्दामा परेका छन् । गगनले नेविसंघकि तत्कालीन नेतृमार्फत सुजाता काेराला हुँदै गिरिजाप्रसाद काेइराला, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलालगायतलाई प्रयोग गरेर धाेका दिइसकेका छन् । त्याेभन्दा अगाडि गगनले सुप्रभा घिमिरे, भीमसेनदास प्रधान र नरहरि आचार्यहरूलाई पनि ठूलाे धाेका दिइसकेका छन् ।
सभापति देउवाले पार्टीलाई एकताबद्ध बनाएर लैजान नेता शेखरसंग सम्वाद बाएकाे स्रोतले जनाएको छ । यसअघि गगनले सभापति देउवा र तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणासंग निकट रहेर सभापतिकाे उम्मेदवार र केपी ओली सरकार सञ्चालनकाे उच्चस्तरीय संयन्त्रमा बसेर काम गरेका थिए । शेखरविरुद्ध अभियान नै चलाएका गगनले अहिले शेखरकाे साथ खाेजेका छन् । जेनजी आन्दोलनपछि मौकाकाे फाइदा उठाउन गगनले विशेष महाधिवेशनकाे हस्ताक्षर अभियान चलाए । हस्ताक्षर अभियान गगनलाई घाँडाे बनेकाे छ । टिप्पणी गर्नेहरूले विश्वप्रकाशले नै गगनलाई फसाउन हस्ताक्षर अभियान चलाउन उकासेकाे भन्ने गरेका छन् ।
सभापति देउवा र नेतृ डा.राणालाई हत्या गर्ने उद्देश्यले सांघातिक आक्रमण भएर गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेका बेला महामन्त्रीद्वय गगन र विश्वप्रकाशले स्वास्थलाभकाे कामना गरेनन् । गगन र विश्वप्रकाशले मानवीय समवेदना देखाएनन् । घटनाको विराेध र भर्त्सना समेत गरेनन् । बरु नेता डा. शेखर काेइरालाले मानवीय र राजनीतिक संस्कार देखाउँदै देउवा र डा.राणामाथि भएको हमलाकाे निन्दा एवम् भर्त्सना गरेका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया