वर्षातका कारण पहिराे र बढीले सडकमा क्षति भएपछि चितवन भएर जाने राजमार्गमा सवारी चलाउन रोक

काठमाडौं । वर्षातका कारण पहिराे र बढीले सडकमा क्षति भएपछि चितवन भएर जाने राजमार्गमा सवारी चलाउन रोक लगाइएको छ ।

शनिबार जिल्ला प्रशासन कार्यालय, चितवनमा बसेको सुरक्षा, होटल व्यवसायी संघ (हान) र सरोकारवालाको बीचमा भएको बैठकले यस्तो निर्णय गरेको हो ।

अर्को सूचना जारी नभएसम्मका लागि सवारी आवागमनमा रोक लगाउने निर्णय भएको हो । बाहिरी जिल्लाबाट चितवन आइपुगेर अलपत्र परेका यात्रुलाई चितवनका होटलमा नियमित शुल्कमा ७५ प्रतिशत छुट दिएर भरतपुर, नारायणगढ र सौराहाका होटलमा बस्ने व्यवस्था मिलाइएको पनि जानकारी गराइएको छ ।

जसका लागि ९८५५०१४१८० मा सम्पर्क गर्न प्रशासनले भनेको छ । चितवन र धदिङ लगायतका स्थानमा पहिराेले ठूलाे क्षति गरेकाे छ ।

Published : Saturday, 2025 October 4, 8:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया