विपदकाे समयमा सुरक्षित अवस्थामा बस्न र समस्यामा परेका नागरिकको उद्वारमा खटिन कांग्रेस नेता खतिवडाको अपील

काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले विपदकाे समयमा सुरक्षित अवस्थामा बस्न र समस्यामा परेका नागरिकको उद्वारमा खटिन सबैमा अपील गरेका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत कांग्रेस केन्द्रीय सदस्य खतिवडाले विपदकाे बेला उद्वारका लागि सक्रिय रहन पार्टीका नेता, कार्यकर्ता सबैसंग आग्रह गरेका हुन् ।

खतिवडाले भने, `यो विपद्को बेला सम्पूर्ण नेपाली नागरिक, पार्टी कार्यकर्ता र जनप्रतिनिधिलाई सक्रिय रहन आग्रह गर्दछु l उद्धार, राहत र सेवामा जुट्न तथा सत्य तथ्य सूचनाहरू मात्र प्रेषित गर्न अनुरोध गर्दछु l´

Published : Saturday, 2025 October 4, 7:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया