तरुण अध्यक्ष गुरुङद्वारा दशैंकाे अवसरमा शुभकामना सन्देश जारी, चाढ पर्वले एकताको सन्देश दिन्छन्
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले बडा दशैं २०८२ को अवसरमा शुभकामना दिएका छन् ।
बुधबार शुभकामना सन्देश जारी गर्दै अध्यक्ष गुरुङले भने, `नेपाल अनेकौं जातजाति, भाषाभाषी, धर्म संस्कृति एवं रीतिरिवाज र भेषभुषाले सजिएको देश हो ।´ उनले सबै तप्काको नेपालीहरू एकताको भावनाले मिलेर बस्ने परिपाटी नै नेपाली पहिचान रहेकाे बताएका छन् । उनले धार्मिक र सांस्कृतिक पर्वले आपसी सद्भाव र एकताको भावनालाई कसिलो र सुदृढ बनाएको बताए ।
अध्यक्ष गुरुङले भने, `हामी नेपालीहरू जटिल र विषम राजनीतिक परिस्थितिबाट गुज्रन पुगेका छौं । लोकतन्त्रको शीतल छहारीमा स्वतन्त्रतापूर्वक आफ्नो हक अधिकार उपभोग गर्न पाउने हाम्रो संविधान २०७२ को संरक्षण र पूर्ण कार्यान्वयनका लागि चनाखो भएर आपसी एकताका साथ अघि बढ्न नवदुर्गा भवानीको आशीर्वाद प्राप्त होस् र अन्यायका विरुद्ध न्याय स्थापनाका लागि देशमा शान्ति , समृद्धि र अमन चयनको अभियानमा लाग्न हामी सबैलाई प्रेरणा मिलोस ।´
उनले भने, `असत्यमाथि सत्यको जितको प्रतीकको रुपमा मनाइने दशैं पर्वले विशेषगरी तरुण पुस्ता र युवा पुस्ताले जिम्मेवारीका साथ सत्य, न्याय, शान्ति र प्रेमको बाटोबाट सबैमा सद्भाव र एकता कायम गरी आगामी दिनको चुनौती सामना गर्न बडा दशैं २०८२ र नवदुर्गा भवानीले हामी सबै नेपालीहरूलाई उत्साह उत्प्रेरणा र शक्ति प्रदान गरुन् ।´
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया