जेनजी आन्दोलनमा प्रहरीले मात्रै नभएर अन्यत्रबाट पनि गोली चलेको छ : मोहन बस्नेत
बाह्रबिसे । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले जेनजी आन्दोलनका क्रममा भएको दमनको छानबिन गरेर दोषीलाई कडा कारवाही गर्नुपर्ने बताएका छन् ।
शनिबार सिन्धुपाल्चोकको बाह्रबिसेमा नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ क्षेत्रीय कार्यसमितिले आयोजना गरेको कार्यक्रममा नेता बस्नेतले जेनजी आन्दोलनका क्रममा प्रहरीले मात्रै नभएर अन्यत्रबाट पनि गोली चलेको आशंका गरेका छन् । उनले जेनजी आन्दोलनमा गोली चलेको विषयमा विशेष छानबिन गरेर दोषीलाई कडा कारबाही गर्नुपर्ने बताए ।
उनले भने, ‘नेपाल प्रहरीको बन्दुकको गोलीले मात्रै बच्चा मरेका छन् कि बाहिरबाट आएका बन्दुकको गोलीबाट पनि बच्चा मरेका छन् भन्ने यो सरकारले छानबिन गर्नुपर्छ । उचित ढंगले सजाय दिन सक्नुपर्छ ।’

कांग्रेस नेता बस्नेतले जेनजीको माग सकारात्मक रहेको बताए । उनले आन्दोलनका क्रममा बिभिन्न शक्तिले घुसपैठ गरेको हुनसक्ने पनि बताएका छन् ।
नेता बस्नेतले आन्दोलनका क्रममा आफ्नो घर जलाएर कुनै फरक नपर्ने बताएका छन् । अब हिजोको भन्दा पनि अझ प्रभावकारी र सक्रिय रुपमा आफ्नो कामलाई अघि बढाउने बस्नेतले बताए ।
उनले भने, ‘हामीले देखेका छौं, संसद् भवन अघि मान्छे ढाल्दा एम्बुलेन्सबाट आएका मान्छेले पनि गोली सुट गरेको देखिएको छ ।’ उनले मुलुकको पछिल्लो अवस्थामा पनि कांग्रेसले उचित भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
‘नेपाली कांग्रेसले यो देशमा २००७ साल, २०१७, १०३६, २०४२ र २०४६ सालमा समेत आन्दोलन भएर परिवर्तनको नेतृत्व गर्ने काम ग¥यो, ती आन्दोलनले नेपालमा ठूलो परिवर्तन गर्ने काम गरेको थियो । अहिले जेनजी आन्दोलनमा नेतृत्वविहीन भएको परिस्थितिले अराजक गतिविधिहरू बढेर धमिलो पानीमा माछा मार्ने काम भयो, बाह्य र देश द्रोही शक्तिहरूका साथै नेपालको हित नचाहने शक्तिहरू सक्रिय भए, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय, संसद भवन लगायतका महत्त्वपूर्ण संवैधानिक संरचनाहरू जलाउने काम गरे, माओवादी आन्दोलनका कारण देश १५ वर्ष पछाडि धकेलिएको थियो भने यो आन्दोलनले देश ३० वर्ष पछाडि धकेलिएको छ,’ बस्नेतले भने ।
नेता बस्नेतले नेपाली कांग्रेसको ईतिहाँसले मुलुक र जनताप्रति अहित हुने काम गर्न निषेध गरेको बताएका छन् । ‘आन्दोलनको नाममा प्रहरीहरू मार्ने जस्ता घृणित काम भएको छ, आन्दोलनका नाममा भएको क्षतिपूर्ति मृतक प्रहरीका परिवारले पनि पाउनुपर्छ, आन्दोलनका क्रममा निर्दोष मानिसहरूमाथि कसले गोली चलाएको भनेर निष्पक्ष छानबिन हुनुपर्छ,’ उनले भने ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया