तलब, भत्ताबाट अति विपन्न जनताको घर बनाइदिएका मुख्यमन्त्रीले खर्च कटौतीको स्वागत

काठमाडौं । बागमती प्रदेश सरकारका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा संयुक्त बैठक बसेको छ ।

बुधबार हेटौँडामा बसेको संयुक्त बैठकमा मुख्यमन्त्री बानियाँका साथै मन्त्रीहरू र विभागीय सचिवहरूलगायतको उपस्थिति रहेको थियो । बानियाँले बागमती सरकार जेनजी पुस्ताको मागप्रति गम्भीर रहेको बताए । उनले आन्दोनलका क्रममा भौतिक क्षति भएका संरचनालाई पुनर्निर्माण गरिने बताएका छन् ।

विभागीय मन्त्री, सचिवहरूले आ–आफ्नो मन्त्रालय र माताहतका कार्यालयहरूमा जेनजी प्रदर्शन तथा मागका क्रममा भएको क्षतिबारे जानकारी गराएका छन् ।

जेनजी प्रदर्शन र मागका क्रममा मृत्युभएकाप्रति मुख्यमन्त्री बानियाँले श्रद्धाञ्जलि तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । बानियाँले प्रदर्शनमा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

मुख्यमन्त्री बानियाँले राज्यको मितव्ययिताका लागि बागमती प्रदेश सरकार अग्रपंक्तिमा रहेको बताएका छन् । खर्च कटौतीमा केन्द्र सरकारबाट भएको निर्णयको बागमती प्रदेशका मुख्यमन्त्री बानियाँले स्वागत गर्दै निर्णय कार्यान्वयन गर्ने बताए ।

बानियाँले आफू मुख्यमन्त्री बनेपछि आफ्नो तलब, भत्ता निमुखा, अति विपन्न, अपाङ्गता भएका व्यक्तिको घर निर्माणमा लगानी गरिएको बताए । उनले विपन्न जनताको घर बन्ने क्रममा रहेको बताए ।

Published : Wednesday, 2025 September 24, 9:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया