मधेश सरकारबाट कांग्रेसले लियो समर्थन फिर्ता
जनकपुर । नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
बुधबार प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गठन भएको मधेश प्रदेश सरकारलाई कांग्रेसले दिएको समर्थन फिर्ता लिएको छ ।’
प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जारी गरेको विज्ञप्तिमा बुधबारदेखि लागू हुनेगरी कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख गरिएको छ ।
कांग्रेसले दिएको समर्थन फिर्ता भएपछि मधेश प्रदेश सरकार ढलेको छ । अब नयाँ मधेश प्रदेश सरकार गठनका लागि पहल हुनेछ ।
Published : Wednesday, 2025 September 24, 8:25 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया