काठमाडौंमा ठूलो संख्यामा पेस्तोल र गोलीसहित मगर पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंबाट ७ थान पेस्तोल र ३३ राउण्ड गोलीसहित ३० वर्षीय हीराबहादुर मगरलाई पक्राउ गरेको छ ।
आइतबार राति मगरलाई काठमाडौं महानगरपालिका–१६ खरिबोटस्थित कार वास सेन्टरको पार्किङ स्थलबाट पेस्तोल ७ थान, म्याग्जिन ६ थान, एसएलआरमा प्रयोग हुने गोली ३३ राउण्ड, ह्याण्ड सेटको ब्याट्री १ थान लगायतका सामान सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका मगर काठमाडौंको तारकेश्वर नगरपालिका–५ लोलाङ बस्दै आएका थिए । उनको स्थायी ठेगाना उदयपुरगढी गाउँपालिका–८ रहेको छ ।
पार्किङ स्थलमा हिरा बहादुरले पार्किङ गरी राखेको बागमती प्रदेश ०१–००२ प ६४४९ नम्बरको ट्याक्सीमा विभिन्न हातहतियार रहेको भन्ने सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
ट्याक्सी तलासी गर्दा डिक्कीभित्र लुकाई छिपाई राखिएको उक्त हातहतियार फेला पारेको प्रहरीले बताएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया