देश विषम परिस्थितिमा छ, गगन–विश्वको प्रस्तावमा धारणा अहिले दिन सकिदैन : डा.कोइराला
विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले राखेको प्रस्तावबारे अहिले नै केही धारणा सार्वजनिक गर्न नसकिने बताएका छन् ।
शनिबार विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै उनले देश नै विषम परिस्थितिमा रहेको बेलामा अहिले पार्टीको प्रारम्भीक धारणामाथि मात्रै छलफल भएको बताए । उनले पूर्ण रुपमा धारणा सार्वजनिक गर्ने बेला नआइसकेको बताएका छन् । डा.कोइरालाले पार्टी केन्द्रीय समिति बैठकमा पर्याप्त छलफल गरेर मात्रै महामन्त्रीद्वय थापा र शर्माको प्रस्तावमाथि थप धारणा राख्ने बताए । उनले भने, ‘अहिले छलफलमात्रै भएको हो ।’
‘म पनि त्यो केन्द्रीय कार्यसमिति बैठकमा छु । कसले के बोल्नुभयो, कसो बोल्नुभयो सबै थाहा छ,’ डा.कोइरालाले भने, ‘केन्द्रीय समितिले निर्णय नगरी अहिले केही बोल्नसक्ने अवस्था छैन । कसले के भन्यो भन्ने कुरा होइन, नेपाली कांग्रेसले के बोल्छ भन्ने मुख्य कुरा हो ।’
डा.कोइरालाले देशको संविधान क्षतविक्षत हुनबाट राष्ट्रपति रामचन्द्र पौडेलले जोगाएको बताएका छन् । ‘संविधानलाई धेरै नचलाइ न्युनतम क्षति गरेर चुनावको घोषणा गरिएको छ । त्यो चुनाव हुन्छ भन्ने अपेक्षा लिएका छौं,’ उनले भने । डा.कोइरालाले संविधानको धारा ६१ को उपधारा ४ लाई टेकेर राष्ट्रपतिले निर्वाचन घोषणा गरेको र त्यसले संविधान डिरेल हुनबाट जोगिएको बताए ।
‘सरकारले यो संविधानमा भएको प्रावधानलाई टेकेर ६ महिनाभित्र चुनाव गर्ने भनेको छ,’ डा.कोइरालाले भने, ‘अहिले संविधान डिरेल भएको छ । यसलाई ट्राकमा ल्याउने भनेको निर्वाचनबाटै हो ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया