जेनजी आन्दोलनका बेला ज्यान जोगाउन सरकारी क्वाटरबाटै सेनाको ब्यारेकमा टापकसेका ओली भक्तपुर गए
काठमाडौं । जेनजी पुस्ताको आन्दोलनका क्रममा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट हेलिकप्टरबाट भागेका एमालेका अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री केपी ओली भक्तपुरस्थित भाडाको घरमा सरेका छन् ।
ओली भदौ २४ गते हेलिकप्टरबाट सुरक्षित स्थानमा गएका थिए । जेनजी प्रदर्शनकारीले ओलीलाई सरकारी निवासमै आक्रमण गर्न गर्न प्रवेश गरेका थिए । आक्रमणबारीबाट बचाउँदै सेनाले ओलीलाई सुरक्षित स्थानमा लगेको थियो ।
ओलीलाई नेपाली सेनाले आफ्नो ब्यारेकमा राखेको स्रोतहरूको भनाइ छ । कसैले ओली शिवपुरीको जंगलमा रहेको सेनाको ब्यारेकमा बसेको बताउने गरेका छन् । कसैले महाराजगञ्जस्थित भैरव दल गणमा बसेको भन्ने गरेका छन् ।
बिहीबार ओली सुटुक्क भक्तपुरको गुण्डुस्थित भाडाको घरमा सरेको एमालेका एक नेताले बताएका छन् । ओलीलाई एमालेका पोलिट ब्यूरो सदस्य महेश बस्नेतले भाडाको घर खोजिदिएको बताइएको छ ।
जेनजी पुस्ताका प्रदर्शनकारीले भदौ २४ गते भक्तपुरको बालकोटस्थित ओलीको घर जलाइदिएका छन् । ओलीलाई भव्य कार्यक्रम मार्फत् सार्वजनिक गर्ने तयारी एमालेले गरेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया