गृहमन्त्री अर्यालद्वारा घाइते प्रहरी कर्मचारीहरूसँग अस्पतालमा भेट, स्वास्थ्य लाभको कामना

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा घाइते भइ उपचाररत नेपाल प्रहरीका प्रहरी कर्मचारीहरूसँग भेट गरेर स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् ।

बुधबार महाराजगञ्जस्थित प्रहरीको अस्पतालमा पुगेर गृहमन्त्री अर्यालले घाइतेहरूको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् । अर्यालले घाइते प्रहरी सबै कर्मचारीहरूको उपचारमा सरकारले पनि सहयोग गर्ने आश्वासन दिएका छन् ।

गृहमन्त्री अर्यालले आन्दोलनको क्रममा घाइते प्रहरी तथा नागरिकलाई भेटेर शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

गृहमन्त्री अर्यालसँगै घाइते प्रहरीसँगको भेटका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङ र गृहमन्त्री नेपाल प्रहरी अस्पतालमा पुगेका थिए ।

प्रहरी अस्पतालमा १६ जना प्रहरी र १ जना सर्वसाधारण घाइतेको उपचार भइरहेको छ ।

Published : Wednesday, 2025 September 17, 7:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया