गृहमन्त्री अर्यालद्वारा ट्राफिक प्रहरीको भवन निर्माणमा सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले ट्राफिक प्रहरीलाई उच्च मनोबलका साथ काममा खटिन निर्देशन दिएका छन् ।

मंगलबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको निरीक्षण गर्दै अर्याललाई उच्च मनोवलका साथ काम गर्न आग्रह गरेका हुन् । उनले त्यसका लागि आफू सहयोग गर्न तयार रहेको बताएका छन् । गृहमन्त्री अर्यालले ट्राफिक प्रहरीका भवन निर्माणलगायतमा सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भदौ २३ र २४ गते भएको ‘जेनजी पुस्ता’को आन्दोलनका क्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, ट्राफिक पोसाक र साधनसमेत जलेर नष्ट भएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्की, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीलगायतले ट्राफिक प्रहरी कार्यालयको पछिल्लो अवस्थाका बारेमा जानकारी गराएका थिए ।

Published : Tuesday, 2025 September 16, 7:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया