जेनजी आन्दोलनका नाममा हिंसात्मक घटना भएका छन्, छानविन समिति बन्छ : गृहमन्त्री अर्याल
काठमाडौं । नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी पुस्ताको आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाको छानविन गर्न समिति गठन हुने बताएका छन् ।
सोमबार सिंहदरबारमा पदभार ग्रहणपछि पत्रकारहरूसँग कुरा गर्दै अर्यालले जेनजी आन्दोलनका क्रममा देशभर भएका हिंसात्मक घटनाको छानविनका लागि समिति गठन हुने बताएका हुन् ।
उनले भने, ‘जेनजी आन्दोलनका नाममा देशभर हिंसात्मक घटना भएका छन् । घटनाको सत्यतथ्य बाहिर ल्याउन समिति गठन हुन्छ ।’
भदौ २३ र २४ गते काठमाडौंसहित देशभर भएको जेनजी पुस्ताको आन्दोलनको भएको थियो । आन्दोलनमा हालसम्म ७२ जनाको मृत्यु भएको छ । करीव २ हजार घाइते भएका छन् ।
जेनजी आन्दोलनका क्रममा सिंहदरबार, संसद भवन, राष्ट्रपति भवन, सर्वोच्च अदालत, व्यापारी भवनमा तोडफोड, आगजनी, लुटपाट भएका छन् । अर्बौंको क्षति भएको छ ।
यसैबीच, गृह तथा कानूनमन्त्री अर्यालले पदबहालीलगत्तै केही निर्णय गरेका छन् । गत २३ र २४ गतेको घटनामा मृत्यु भएकाका परिवारलाई काजकिरियाबापत १ लाखका दरले राहत उपलब्ध गराउने निर्णय मन्त्री अर्यालले गरेका छन् । राष्ट्रिय शोक दिवस मनाउने र राष्ट्रिय झन्डा झुकाउने निर्णय भएको उनले जानकारी दिएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया