बिहार प्रहरीद्वारा सिमानामा निगरानी, नेपालको अस्थिरताको फाइदा उठाएर भारत छिर्न खोज्नेलाई कारबाही गर्ने
काठमाडौं । नेपालमा देखिएको राजनीतिक अस्थिरता र हिंसात्मक आन्दोलनलाई ध्यानमा राखेर भारतको बिहानका सिमाना जोडिएका जिल्लाहरूमा उच्च सुरक्षा सतर्कता अपनाएको बिहार प्रहरीले जनाएको छ ।
नेपाल–भारत सिमानामा मानिसहरूप्रति निगरानी गर्नुका साथै उच्च सुरक्षा सतर्कता अपनाइएको बिहार प्रहरी मुख्यालयका अतिरिक्त निर्देशक जनरल कुंदन कृष्णले बताएका छन् ।
नेपालको अस्थिरस्थितिलाई ध्यानमा राख्दै नेपालसँग सिमाना जोडिएका बिहारका ७ जिल्लाहरूमा सुरक्षा सतर्कता अपनाइएको अतिरिक्त निर्देशक जनरल कुंदन कृष्णले बताएका छन् ।
प्रहरी मुख्यालयका अतिरिक्त निर्देशक जनरल कुंदन कृष्णले बिहार राज्य प्रहरी र एसएसबीले सीमामा कडा निगरानी राखेको बताएका हुन् । उनले सीमा बिन्दुमा मानिसहरूको गहन निगरानी र प्रमाणीकरण भइरहेको बताएका छन् ।
नेपालको राजनीतिक अस्थिरताको फाइदा उठाएर अपराधको प्रवृत्ति बढ्ने र शान्ति सुरक्षामा खलल गर्ने सम्भावनालाई ध्यानमा राखेर बिहार पुलिसले सुरक्षा सतर्कता अपनाएको छ । नेपालबाट भागेर जान खोज्ने अपराधिक व्यक्तिहरूलाई सिमानामा पक्राउ गर्ने रणनीति बिहार पुलिसले लिएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया