जेनजी समूहको प्रदर्शनमा लुटिएका हतियार, सञ्चार सेट, पोशाक लगायतका सामग्री फिर्ता गर्न आग्रह

काठमाडौं । जेनजी समूहले गरेको प्रदर्शनका क्रममा लुटिएका सुरक्षा निकायका हातहतियार, सञ्चार साधन, पोशाक र सवारी साधन फिर्ता गर्न नेपाल प्रहरीले आग्रह गरेको छ ।

बिहीबार प्रहरीले प्रेस विज्ञप्ति जारी गरेर प्रदर्शनका क्रममा लुटिएका हातहतियारसहितका सामग्री बुझाउन निर्देशन दिएको हो ।

‘यही मिति २०८२ साल भाद्र २३– २५ गते भएको प्रदर्शनका क्रममा नेपाल प्रहरी लगायत अन्य सुरक्षा निकायका हातहतियार, सञ्चार साधन, सवारी साधन, असबाब र अन्य भौतिक साधनहरू नियन्त्रणमा लिएको वा कतै फेला पार्नुभएको छभने उक्त हातहतियार लगायत अन्य सामाग्रीहरू स्थानीय प्रहरी वा सुरक्षा निकायको कार्यालय वा जिल्ला प्रहरी कार्यालय वा प्रहरी कन्ट्रोल १०० वा टोल फ्रि नं. १६६००१४१५१६ वा नेपाल प्रहरी प्रधान कार्यालयको सम्पर्क नं. ९८५१२९३४५९ मा सम्पर्क गरी फिर्ता बुझाउन हुन अनुरोध गरिएको छ,’ प्रहरीले विज्ञप्तिमा भनेको छ ।

प्रदर्शनकारीहरूले नियन्त्रणमा लिएको प्रहरीको पोशाक दुरुपयोग नगर्न र सोसँग सम्बन्धित सूचनाहरू समेत उपलब्ध गराउन सर्वसाधारणहरूलाई प्रहरीले अनुरोध गरेको छ ।

जेनजीको नाममा भएको हिंसात्मक प्रदर्शनका क्रममा सुरक्षाकर्मीको हतियार, पोशाक, सञ्चार सेट लगायतका सामग्री लुटपाट भएका छन् । निजी सम्पत्तिहरू पनि लुटपाट भएको छ ।

Published : Thursday, 2025 September 11, 2:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया