सभापति देउवा र नेतृ डा.राणामाथि भएको सांघातिक हमलाको सुर्खेत तरुणद्वारा विरोध

वीरेन्द्रनगर । नेपाल तरुण दल, सुर्खेतका अध्यक्ष हरि विष्टले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा.आरजु राणा लगायत आन्दोलनका नाममा सांघातिक हमला गरिएको भन्दै विरोध जनाएका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत तरुण अध्यक्ष विष्टले लोकतान्त्रका लागि संघर्ष गरेको नेता एवम् सभापति देउवामाथि भएको हिंसात्मक, अमानवीय व्यवहार शताब्दिकै क्रुर रहेको बताएका छन् । उनले भने, ‘यो देशको सविधान रक्षार्थ मेरो प्राणको आहुति दिनु पर्छ भने पनि म तयार छु । मलाई फोन गर्नुहोला ।’

‘कृपया कुनै पनि कांग्रेसीहरूले मलाई सुरक्षित बस्नु भनेर फोन र म्यासेज नगर्नुहोला मेरो आक्रोशमा पर्नु होला बरू सुरक्षा चाहिएमा खबर गर्नुहोला,’ तरुण अध्यक्ष विष्टले भनेका छन्, ‘संविधान र गणतन्त्रको रक्षाका लागि आवश्यक परेमा सुरक्षा दिन तयार छु ।’

अध्यक्ष विष्टले कर्णाली प्रदेश अस्पतालका चिकित्सकमाथि जेनजी आन्दोलनको बहानामा भएको आक्रमणको जबरजस्त विरोध गरेका छन् । कर्णाली अस्पतालमा चिकित्सकहरू आउन नमानिरहेका बेला आन्दोलनका नाममा चिकित्सकमाथि भएको दुरव्यवहारको उनले विरोध गरेका हुन् ।

‘जेनजीहरूको एन्टी क्रप्सन ऐजेन्डामा म सहमत छु । लाभको पदमा बसेका नेताहरूसँग उहाँहरूको आक्रोस हुन सक्छ । कर्णाली प्रदेश अस्पतालका पूर्व मेसु, कर्णाली प्रदेश अस्पातललाई यतिसम्म विकास गर्ने, कर्णालीमा आउन नमान्ने डाक्टरहरूलाई हातपाउ जोडेर ल्याउन कन्भिन्स गर्ने, अस्पताललाई सुबिधा सम्पन्न गराउन राज्यसंग निरन्तर लागि पर्ने, आज उहाँ र उहाँले ल्याएका डक्टर कर्णालीमा आउन नमानेको भए तपाई सम्पूर्ण कर्णाली अस्पतामा जन्म लिने जेनजीहरू हाम्रा घरघरका जेनजीहरू गर्भमै आमा सहित वा एक्लै मृत्युवरण स्वीकार गर्नुपथ्र्यो ।’

‘जसले कर्णाली राजधानीमा तपाई जेनजीहरू सहित घुसपैठवालाको समेत परिवारको उपचारमा दिनरात नभनी अहोरात्र खटिएर समग्र कर्णाली लगाएतका नागरिकको बाँच्न पाउने अधिकारको ग्यारेन्ट गर्ने एउटा आदरणीय निर्दोष डा.डम्मरको घरमा आगजनी गर्ने र हजारौं गरिब जनताका छोरा छोरीलाई रोजगारी दिने भाटभटेनी सुपरमार्केटका मीनबहादुर गुरूङलाई निरूसाहित स्वरूप उहाँको बिभिन्न स्थानको भाटभटेनी सुपर मार्केट सहित सुर्खेत एयरपोर्ट चौकमा रहेको माया औषधि डिस्टब्यूटर र अन्य व्यवसायका स्थानमा घुसपैठ र लुटपाट जस्तो जघन्य अपराधको म घोर बिरोधी हुँ,’ उनले भने ।

‘म मरे पनि मेरो बिचार मर्ने छैन र मैले जीवनमा यी दुबै व्यक्तिबाट कुनै पनि व्यक्तिगत र सांगठनिक लाभ लिएको छैन,’ सुर्खेत तरुण दलका अध्यक्ष विष्टले भनेका छन् ।

Published : Thursday, 2025 September 11, 1:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया