संविधानको रक्षा र राष्ट्रपतिलाई सार्वजनिक गर्न माग गर्दै युवाहरूद्वारा काठमाडौंमा प्रदर्शन
काठमाडौं । तरुण, युवा, विद्यार्थीहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई सार्वजनिक गर्न र संविधानको रक्षाका लागि भन्दै काठमाडौं लगायत देशका विभिन्न स्थानमा प्रदर्शन शुरु गरेका छन् ।
तरुण, युवा र विद्यार्थीले बिहीबार बिहानै काकाठमाडौंको मीनभवनस्थित क्याम्पस अगाडि प्रदर्शन गरेका छन् । उनीहरूले संविधानको रक्षा र राष्ट्रपति रामचन्द्र पौडेललाई सार्वजनिक गर्न माग गरेका छन् ।
जेनजीको आन्दोलनपछि संविधानमाथि कु हुने हो की भनेर तरुण, युवा, विद्यार्थीहरू चिन्तित बनेका छन् । बिहीबारदेखि संविधानको रक्षाको पक्षमा उभिएका हुन् । उनीहरूले बिहान ११ बजे काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्न लागेको जनाएका छन् ।
नेविसंघका नेता मनीषजंग थापाले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, राजनीतिक शून्यताले हजारौं नेपाली जनताको बलिदानीबाट प्राप्त लोकतान्त्रिक व्यवस्था र संविधान आज संकटमा परेको महसुस भइरहेको बताए ।
उनले भने, ‘सम्पूर्ण साथीहरूलाई लोकतन्त्रको रक्षा को निमित्त आवाज बुलन्द गर्न हार्दिक अनुरोध गर्दै बिहीबार आज ११ बजे माइतीघरमा उपस्थित भइदिनुहुन हार्दिक अपील गर्दछु ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया