प्रिय जेनजी मित्रहरू सबै जल्यो, देश र संविधान नजलोस्, संविधान अनुसार सरकार बनोस् : रामहरि खतिवडा
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् संसदीय सुनुवाई समितिका सभापति रामहरि खतिवडाले जेनजी पुस्तासँग देश र संविधान नजलाउन अपील गरेका छन् ।
बुधबार सामाजिक सञ्जालमार्फत खतिवडाले जेनजीको भावनाअनुसार देश चलाउन आग्रह गर्दै संविधान अनुसार सरकार बनोस् भनेर सुझाव दिएका हुन् । ‘प्रिय जेनजी मित्रहरू हामी तपाईहरूको भावना अनुसार चलोस् भन्नेमा छौँ । देश र संविधान नजलोस्,’ खतिवडाले भने ।
‘प्रिय जेनजी, सम्पूर्ण सरोकारवालाहरू । संसद जल्यो, सिंहदरबार जल्यो, सर्वोच्च अदालत र अदालतहरू जले, राष्ट्रपति कार्यालय जल्यो, राष्ट्रपति निवास पनि जल्यो । प्रधानमन्त्री कार्यालय जल्यो, प्रधानमन्त्री कार्यालय पनि जल्यो । देशमा भएको संविधान नजलोस् । नेपाल नजलोस् । संविधान अनुसार सरकार बनोस् । प्रिय जेनजी मित्रहरू हामी तपाईहरूको भावना अनुसार चलोस् भन्नेमा छौँ । देश र संविधान नजलोस्,’ कांग्रेस नेता खतिवडाले भने ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया