प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौं । जेनजी पुस्ताको प्रदर्शनपछिको अवस्थाका बारेमा छलफल गर्न प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन् ।

ओलीले मंगलबार साँझ ६ बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन् । कुनै पनि रुपको हिंसा राष्ट्रको हितमा नहुने भन्दै प्रधानमन्त्री ओलीले संवादको माध्यमबाट समाधान खोज्न अपील गरेका छन् ।

उत्पन्न परिस्थितिको मूल्यांकन गर्न र सार्थक निष्कर्षको लागि संवद्ध पक्षसँग संवादमा भइरहेको उनले बताएका छन् । जेनजी पुस्ताले सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध सोमबारदेखि आन्दोलन सुरू गरेको छ ।

Published : Tuesday, 2025 September 9, 1:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया