अबोध बालबालिकाको हत्यामा संलग्न जोसुकैलाई कारबाहीको दायरामा ल्याऔँ : रामहरि खतिवडा
काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले जेनजे पुस्ताको शान्तिपूर्ण आन्दोलनमा अबोध बालबालिकाको हत्यामा संलग्न जोसुकैलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।
मंगलबार सामाजिक सञ्जाल एक्समार्फत संसदीय सुनुवाई समितिका सभापति समेत रहेका कांग्रेस नेता खतिवडाले भने, ‘जेनजे पुस्ताको शान्तिपूर्ण आन्दोलनमा निर्दोष अबोध बालबालिकाको हत्यामा संलग्न हुने जोसुकैलाई कारबाहीको दायरामा ल्याइयोस् । हिजोको घटना निन्दनीय छ ।’
‘शान्तिपूर्ण जुलुसलाई आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नेलाई सरकारले पहिचान गरेर कारबाही गरोस् । र, सबैलाई अहिले अनुरोध गर्न चाहन्छु, पदभन्दा जनता र देश ठूला हुन् । यसलाई आधार मानेर निर्णय गरौँ,’ कांग्रेस नेता खतिवडाले भने ।
कांग्रेस नेता खतिवडाले भने, ‘यो अवस्था सिर्जना गर्न घुसपैठ कसको हो ? घुसपैठवालालाई कारबाहीको दायरामा ल्याउनुपर्छ । अबोध बालबालिकालाई प्रयोग गरेर आफ्नो पार्टी र पार्टीको नारा बनाउने काम ठीक होइन । पद र प्रतिष्ठाभन्दा मुलुक ठूलो हो भन्ने भावनाअनुसार काम गरौँ ।’
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया