जेनजी प्रदर्शनमा भएको क्षतिको नैतिकता जिम्मेवारी लिदै गृहमन्त्री लेखकले दिए राजीनामा

काठमाडौं । जेनजी पुस्ताको प्रदर्शनमा ठूलो मानवीय क्षति भएपछि गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन् ।

सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी ओलीलाई गृहमन्त्री लेखकले जेनजी पुस्ताको प्रदर्शनमा भएको घटनाहरूबाट दुखित भएको भन्दै नैतिकताका आधारमा राजीनामा दिएका हुन् ।

यसअघि, सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारीहरूको बैठकमा लेखकले गृहमन्त्री पदबाट राजीनामा दिन लागेको जानकारी गराएका थिए । त्यसपछि गृहमन्त्री लेखक सिधै बालुवाटारमा पुगेर प्रधानमन्त्री ओलीलाई राजीनामा बुझाएका छन् ।

सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो । सो प्रदर्शनका क्रममा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् । उक्त घटनाको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै लेखकले राजीनामा दिएका हुन् ।

Published : Monday, 2025 September 8, 8:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया