राष्ट्रपति कार्यालय लगायतका सम्वेदनशील क्षेत्रमा फर्फ्यु आदेश जारी

काठमाडौं । जेनजी पुस्ताको प्रदर्शन अराजक र उत्तेजक बनेपछि जिल्ला प्रशासन कार्यालयले राष्ट्रपति निवास परिसर लगायतका संवेदनशील क्षेत्रमा पनि कर्फ्यु लगाएको छ ।

शीतल निवास आसपास महाराजगन्ज क्षेत्र, उपराष्ट्रपति निवास लैनचौर क्षेत्र, सिंहदरबारको चारैतिर, प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा पनि कर्फ्यु थप गरेको छ ।

यसअघि प्रशासनले माइतीघर, बानेश्वर, तीनकुने र शंखमुल आसपासमा राति १० बजेसम्मका लागि कर्फ्यु जारी गरिसकेको छ ।

Published : Monday, 2025 September 8, 1:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया