उपाध्यक्ष डा.लामाद्वारा झाडु लगाएर लुम्बिनीमा सरसफाइ अभियानको सुवात
लुम्बिनी । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ)ले लुम्बिनी गुरुयोजना अन्तर्गत निर्माणाधीन क्षेत्रको अवलोकन गरेका छन् ।
शनिबार उपाध्यक्ष डा.लामाले निर्माणधीन क्षेत्रहरूको अवलोकन गरेर कार्यप्रगतिको जानकारी लिएका हुन् । लामो समयदेखि विभिन्न समस्याबाट गुज्रिएको लुम्बिनी विकास कोषको अवस्था सुधारका लागि डा.लामाले स्थलगत निरीक्षण गरेर सुधारको कार्ययोजना निर्माण गरेका छन् ।
डा.लामाले शान्ति दीप अगाडि नियमित सरसफाइ अभियानको शुभारम्भ गरेका छन् । उनले सरसफाइ अभियानको सुरुवात समेत गरेका छन् ।
लुम्बिनी विकास कोषले प्रत्येक शनिबार सरसफाइ अभियान संचालन गर्ने योजनासहित डा.लामाले सबै कर्मचारी र सरोकारवाला निकायलाई सक्रिय सहभागिताका लागि आह्वान गरेका छन् ।
गत महिनादेखि लुम्बिनीमा कर्मचारी युनियनले विभिन्न माग राख्दै आन्दोलन गरेकोमा काठमाडौंस्थित पर्यटन मन्त्रालयमा भएको वार्ताबाट सकारात्मक नतिजासहित सम्पन्न भएपछि उपाध्यक्ष डा. लामा आफै कार्यालयको नियमित कामको स्थलगत काममा फर्किएका हुन् ।
लामो समयसम्म कार्यालयको कामकाजमा देखिएको गतिरोध अन्त्य गर्दै उपाध्यक्ष डा. लामाले लुम्बिनी विकास कोषभित्र सुशासन र स्वस्थ प्रशासन कायम गर्ने अभियान सुरु गर्ने बताएका छन् । उनले कोषको विकास र गुरुयोजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै सबै पक्षको सहयोग आवश्यक रहेको बताएका छन् ।
लुम्बिनीको संरक्षण र विकासका लागि उपाध्यक्ष डा.लामाको यो पहलले सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया