सहसचिव मैनालीलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा सरुवा
काठमाडौं । सरकारले सहसचिव कृष्णप्रसाद मैनालीलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा सरुवा गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मैनालीलाई विभागको जिम्मेववारी दिएको हो । केही दिनअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा भई आएका मैनालीलाई विभागको महानिर्देशक बनाइएको छ । तत्कालीन महानिर्देशक सुमन दाहाल अर्थ मन्त्रालयमा सरुवा भएका छन् ।
मैनाली यसअघि बागमती प्रदेशको आर्थिक मन्त्रालयको सचिव थिए । मैनालीले बिहीबारदेखि विभागमा कार्यभार सम्हालेका छन् । उपसचिव हुँदा पनि मैनाली विभागमा बसेका थिए । उनलाई विभागमा हुने गतिविधिको बारेमा जानकारी छ ।
Published : Friday, 2025 September 5, 10:54 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया