नापी कार्यालयका घूस खाने कार्यालय सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, कलंकी, काठमाडौंमा कार्यरत कार्यालय सहयोगी (करार) एकेन्द्रबहादुर कुँवरविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
कुँवर काठमाडौंको चन्द्रागिरी नगरपालिका–१३ (साविक पुरानो नैकाप) को जग्गा हालसाविक गर्ने प्रयोजनका लागि घुस लिएको आरोपमा पक्राउ परेका थिए ।
कुँवरले सेवाग्राहीसँग जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउन सहजीकरण गरिदिने भन्दै १३ हजार रुपियाँ घुस लिएको अवस्थामा पक्राउ परेका थिए ।
अनुसन्धानपछि कुँवरमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसूर देखिएको भन्दै अख्तियारले बिगो १३ हजार कायम गरी कैद सजाय र सोही रकम बराबरको जरिवानाको मागसहित आरोपपत्र दायर गरेको छ ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले कुँवरलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसार सजाय माग गरिएको बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया