महाराजगञ्जमा प्रहरीका लागि किरियापुत्री भवन बनाउने निर्णय
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) कुवेरचन्द्र खापुङले नेपाल प्रहरीका बहालवाला र अवकाशप्राप्त प्रहरी कर्मचारीहरूका लागि किरियापुत्री भवन बनाउने निर्णय गरेका छन् ।
बिहीबार प्रहरी प्रधान कार्यालय, नक्सालद्वारा जारी विज्ञप्तिअनुसार कार्यभार सम्हालेसँगै बसेको नीति निर्माण समिति (पीसीसी)को बैठकले किरियापुत्री भवन बनाउने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जको नाममा रहेको जग्गामा किरिया पुत्री भवन बनाउने निर्णय भएको छ ।
उक्त कार्य प्रदेशस्तरमा पनि विस्तार गर्ने निर्णय भएको छ ।
Published : Thursday, 2025 September 4, 9:31 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया