इटहरीमा मोहन दंगालको घरमा प्रहरी छापा, ६ जना पक्राउ
इटहरी । जिल्ला प्रहरी कार्यालय, सुनसरीले इटहरी उपमहानगरपालिका–२ मा रहेको मोहन दंगालको घरमा छापामारेको छ ।
प्रहरीले छापामारेर जुवातास खेलिरहेको अवस्थामा इटहरी उपमहानगरपालिका–२० बस्ने ४६ वर्षीय कृष्णकुमार राई समेत ६ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
इलाका प्रहरी कार्यालय इटहरी र प्रहरी चौकी तरहराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ११ हजार रूपियाँ र १ बुक तास सहित पक्राउ गरेको जनाएको छ ।
घटनाका सम्बन्धमा सुनसरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालय, नक्सालबाट बुधबार जारी बुलेटिनमा उल्लेख छ ।
Published : Wednesday, 2025 September 3, 7:25 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया