सी चिनफिङले रूसका राष्ट्रपति र उत्तर कोरियाका नेतासँग मिलेर अमेरिकाविरुद्ध षड्यन्त्र गरे : डोनाल्ड ट्रम्प
लण्डन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङले रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किम जोङ उनसँग मिलेर अमेरिकाविरुद्ध षड्यन्त्र गरेको बताएका छन् ।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमार्फत चीनको सैन्य शक्ति प्रदर्शन अमेरिकाविरुद्धको षडयन्त्र भएको बताएका हुन् । ‘भ्लादिमिर पुटिन र किम जोङ–उनलाई मेरो हार्दिक अभिवादन पु¥याइदिनुहोस्, तपाईंहरू अमेरिकाविरुद्ध षड्यन्त्र गरिरहनु भएको छ,’ ट्रम्पले लेखेका छन् ।
ट्रम्पले चीनलाई दोस्रो विश्वयुद्धमा अमेरिकाले दिएको बलिदान सम्झिंदै अमेरिकी सैनिकलाई सम्मानपूर्वक स्मरण गर्न आग्रह गरेका छन् ।
‘चीनको विजय र गौरवको खोजीमा धेरै अमेरिकीले ज्यान गुमाए । म आशा गर्दछु कि उनीहरूको वीरता र बलिदानलाई उचित सम्मान र सम्झना गरिनेछ,’ ट्रम्पले भनेका छन् ।
चीनले दोस्रो विश्वयुद्धको विजयको वार्षिकोत्सवको अवसरमा राजधानी बेइजिङमा शक्ति प्रदर्शन गरेपछि ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन् ।
चीनले आयोजना गरेको परेडमा चिनियाँ राष्ट्रपति सीसँगै पुटिन र किम देखिएका छन् । उनीहरूसँगै अन्य विभिन्न २६ राष्ट्रका प्रमुखहरू पनि सहभागी भएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया