कैलालीका दुई जना बालाजु क्षेत्रबाट पक्राउ
काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले लुटपाटमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।
काठमाडौंमा आफूलाई प्रहरी बताएर कोठा खानतलासी गर्ने बहानामा मोबाइल लुटपाट गरेको आरोपमा दुईजना पक्राउ गरिएको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ ।
पक्राउ पर्नेमा कैलालीको बडी बर्दगोरिया गाउँपालिका वडा नं. २ घर भइ काठमाडौंको बानियाँटार बस्ने वर्ष २९ का हेमराज ढुङ्गाना र कैलालीकै जोशीपुर गाउँपालिका वडा नं. १ का वर्ष ३१ का विनोद के.सी. रहेका छन् ।
उनीहरूले भदौ १६ गते साँझ बालाजु बाईपास क्षेत्रमा प्रहरी हुँ भनि मानिसहरूको कोठाभित्र पसि खानतलासी गर्ने बहानामा मोबाइल लुटपाट गरेका थिए ।
उनीहरूलाई लुटपाटका मोबाइलहरू सहित नियन्त्रणमा लिइ काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको परिसरका प्रवक्ता (एसपी) अपीलराज बोहराले बताएका छन् ।
उनीहरूको साथबाट ओप्पो कम्पनीको मोबाइल थान १, सामसङ कम्पनीको मोबाइल थान– १, रेड्मी कम्पनीको मोबाइल थान– १,रेल्मी कम्पनीको मोबाइल थान– १ र भिभो कम्पनीको मोबाइल थान १ बरामद भएको प्रहरीले जनाएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया