न्याय सेवाका कर्मचारीहरू जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस
काठमाडौं । न्याय परिषदले ६ जनालाई जिल्ला न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको छ ।
मंगलबार काठमाडौंमा बसेको न्याय परिषदको बैठकले ६ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको परिषदका सूचना अधिकारी सुमन पाण्डेले बताएका छन् ।
यी सबै न्याय सेवाका कर्मचारीहरू हुन् । सिफारिस हुनेहरूमा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता गोकुलबहादुर निरौला, प्रशासकीय अदालतका उपरजिस्ट्रार अरुणकुमार कोइराला, रोल्पा जिल्ला अदालतका स्रेस्तेदार कुलप्रसाद दाहाल, सर्वोच्च अदालतका इजलास अधिकृत सूर्यप्रसाद भण्डारी, सर्वोच्च अदालतका उपरजिस्ट्रार अनुपमा पन्त, कानून मन्त्रालयका उपसचिव विश्वदीप वेस्रा छन् ।
जिल्ला अदालतमा हाल २७ न्यायाधीशका पद रिक्त छन् । तीमध्ये २१ जना न्याय सेवा आयोग (लोक सेवा आयोगमार्फत) खुला प्रतिस्पर्धाबाट नियुक्त हुनेछन् ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया