लुम्बिनी प्रदेश सभा सदस्य एवम् एमाले नेतृ सरिता पुनको निधन
मसुरिया । एमालेकी लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको निधन भएको छ ।
शनिबार बिहान पुनको उपचारका क्रममा काठमाडौंस्थित शिक्षण अस्पताल, महाराजगञ्ज निधन भएको एमाले पोलिटब्यूरो सदस्य खेममान खड्काले बताए ।
पूर्वी रुकुम तकसेरा निवासी पुनलाई केही दिनअघि स्वास्थ्य समस्या देखिएपछि काठमाडौं लगिएको थियो । अस्पतालमा एकैपटक दुईवटा ठूलो शल्यक्रिया गरिएको थियो ।
पहिलो अपरेशनमार्फत पुनले छोरीलाई जन्म दिएकी थिइन् । दोस्रो अपरेशनमार्फत उनको मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण गरिएको थियो ।
पुन एमालेबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेश सभा सदस्य चुनिएकी थिइन् ।
Published : Saturday, 2025 August 30, 10:10 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया