चिकित्सकहरूको टोली लिएर गृहमन्त्री लेखक हैजा प्रभावित वीरगञ्ज जाँदै
काठमाडौं । गृहमन्त्री रमेश लेखक सुरक्षा निकायको चिकित्सकको टोलीसहित वीरगञ्जको हैजाप्रभावित क्षेत्रमा जान लागेका छन् ।
शनिबार गृहमन्त्री लेखक वीरगञ्जका हैजाबाट संक्रमित भएका बिरामीको अवस्था र हैजा नियन्त्रणका लागि अपनाउनुपर्ने आवश्यक तयारीको विषयमा आवश्यक छलफल र समन्वय गर्नका लागि शनिबार वीरगञ्ज जान लागेका हुन् ।
पछिल्लो समय वीरगञ्जमा हैजाको संक्रमण फैलिएपनि अहिलेसम्म हैजाको स्रोत पत्ता लाग्न भने सकेको छैन ।
गृहमन्त्री लेखकले आइतबार बिहान नारायणी अस्पतालमा उपचारत बिरामी तथा अस्पताल प्रशासन र पर्सा जिल्लाको जिल्ला सुरक्षा समिति लगायतसँगपनि भेटघाटको कार्यक्रम राखेको छ ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले शनिबार गृहमन्त्री लेखक वीरगञ्जमा आउने कार्यक्रम तय भएको बताए ।
गृहमन्त्रीको सचिवालयले वीरगञ्ज जान लागेका लेखकसँग नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको चिकित्सकसहितको टोली जानेछ ।
भदौं ८ गते गृहमन्त्री लेखकको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले पर्साको वीरगञ्जमा फैलिएको हैजा नियनत्रणका साथै प्रभावितको उपचारको व्यवस्थाका लागि चिकित्सकको टोली परिचालन गर्ने निर्णय गरेको थियो ।
बैठकमा गृहमन्त्री लेखकले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई हैजा नियन्त्रणमा परिचालन हुने टोलीको प्रबन्ध मिलाउन निर्देशन दिएका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया