परराष्ट्रमन्त्री डा.राणा र अर्मेनियाका विदेशमन्त्रीबीच टेलिफोनमा कुराकानी, शान्ति सम्झौताको स्वागत
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा र आर्मेनियाका विदेशमन्त्री मिर्जोयानबीच टेलिफोन वार्ता भएको छ ।
बिहीबार डा.राणाले अरजबैजानसँग भएको शान्ति सम्झौताको स्वागत गर्दै आर्मेनियाका विदेशमन्त्री मिर्जोयानलाई बधाई दिएकी हुन् ।
‘आर्मेनिया र अजरबैजानबीच शान्ति सम्झौताको भएको छ । मैले विदेशमन्त्री मिर्जोयानलाई बधाई दिएको छु,’ डा.राणाले भनेकी छिन् ।
‘जुन यस क्षेत्रमा दशकौंदेखि चलिरहेको द्वन्द्व समाधान गर्ने दिशामा एक ऐतिहासिक कदम हो,’ डा.राणाले भनिन्, ‘हामीले पारस्परिक हितका विषयमा पनि विचार आदानप्रदान ग¥यौं । आगामी दिनहरूमा द्विपक्षीय सम्बन्धलाई अझ गहिरो बनाउने प्रतिबद्धतालाई गरेका छौं ।’
डा.राणाले यसअघि अजरबैजानका विदेशमन्त्री जेहुन बायरामोभसँग पनि टेलिफोनमा कुरा गरेर बधाई दिएकी थिइन् ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया