अमेरिकाद्वारा प्रहरीलाई अनुसन्धान एवं तहकिकातका निम्ति अत्याधुनिक उपकरण प्रदान
काठमाडौं । नेपाल प्रहरीलाई अमेरिकाले अनुसन्धान एवं तहकिकातका निम्ति उपकरण तथा तिनमा प्रयोग हुने प्रविधि प्रदान गरेको छ ।
बुधबार काठमाडौंमा प्रहरी महानिरीक्षक दीपक थापाको उपस्थितिमा नेपालका लागि अमेरिकाका राजदूत डिन.आर.थम्सनले नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशालालाई ती उपकरण हस्तान्तरण गरेका हुन् ।
अमेरिकाले प्रहरीलाई संयुक्त डीएनए अनुक्रमणिका प्रणाली (सीओडीआईएस) डीएनए सफ्टवेयर र रेडियन वायुमण्डलीय दबाव ठोस विश्लेषण प्रोब (एएसएपी) मास स्पेक्ट्रोमिटर– औषधि पत्ता लगाउने उपकरण हस्तान्तरण गरेको छ ।
प्रहरी महानिरीक्षक थापाले प्राप्त आधुनिक उपकरण र प्रविधिले केन्द्रीय विधिविज्ञान प्रयोगशालाको क्षमता अभिवृद्धि हुने बताए । उनले प्रयोगशालाबाट प्रवाह हुने सेवालाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने बताएका छन् । आईजीपी थापाले रेडियन ‘एएसएपी’ मास स्पेक्ट्रोमिटरले लागुऔषधको स्क्रिनिङमा समेत क्षमता अभिवृद्धि हुने बताए । उनले ‘सीओडीआईएस’ प्रणालीको सुविधाले फोरेन्सिक डीएनए विश्लेषण क्षमतालाई अन्तर्राष्ट्रिय मापदण्डमा लैजाने तथा नेपालको समग्र फौजदारी न्याय प्रणाली सुदृढ बनाउने बताएका छन् ।
राजदूत थम्सनले अमेरिकी सहयोगबाट नेपाल प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालाको क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गर्दै अपराधको अनुसन्धान एवं हराएका व्यक्तिको पहिचानमा योगदान पुग्ने बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया