म मन्त्री भएका बेला ज्यापुहरूको शिर उच्च हुने गरेरै काम गरेको छ : मीनकृष्ण महर्जन
लगनखेल । बागमती प्रदेशका निवर्तमान युवा तथा खेलकुदमन्त्री एवम् नेपाली कांग्रेसबाट बागमती प्रदेश सभाका सांसद मीनकृष्ण महर्जनले आफू मन्त्री भएका बेला ज्यापुहरूको शिर निहुरिने गरेर कुनै पनि कार्य नगरेको बताएका छन् ।
बुधबार ललितपुरमा यल ज्यापु युवा समाजले आयोजना गरेको कार्यक्रममा कांग्रेस सांसद महर्जनले जति समय मन्त्री बने ज्यापु र ललितपुरबासीको इज्जत बढाउने गरेर काम गरेको बताए । उनले भने, ‘म एउटा ज्यापुको छोरा बागमती प्रदेशको युवा तथा खेलकुदमन्त्री भएँ । र, मैले ज्यापुहरूको शिर उच्च हुने काम गरेको छु ।’
निवर्तमान मन्त्री महर्जनले नेपालमा भएका हरेर परिवर्तनमा काठमाडौं उपत्यकाका नेवार समूदायको ठूलो योगदान र भूमिका रहेको बताए । त्यसमा पनि ललितपुरका ज्यापुहरूको ठूलो योगदान रहेको महर्जनले बताए ।
महर्जनले यल ज्यापु समाजलाई आफूले हरेक सुख र दुःख साथ दिँदै आइरहेको बताए । उनले भने, ‘यल ज्यापु समाजलाई मेरो निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दछु ।’
बागमती प्रदेश सभाका सांसद महर्जन ललितपुर जिल्लामा निकै लोकप्रिय नेताका रुपमा परिचित छन् । त्यसैले महर्जन ललितपुरको ३ वटै निर्वाचन क्षेत्रमा पदमा रहँदा वा नरहँदा उनै महर्जनलाई आयोजकले प्रमुख अतिथिको रुपामा निम्तो दिने गरेका छन् । महर्जनले ललितपुर मात्र नभइ बागमती प्रदेशलाई खेलकुदको हब बनाउने गरेर आफूले मन्त्री रहेका बेला काम गरेको बताए ।
बागमती प्रदेश मात्र नभइ सिङ्गो देशभरि ललितपुरमा सबैभन्दा धेरै खेलकुद प्रतियोगिता हुने गरेको उनले बताए । उनले भने, ‘म खेलकुद क्षेत्रबाट आएको व्यक्ति हुँ । खेल र खेलाडीलाई मेरो सधैँ साथ रहनेछ ।’
निवर्तमान मन्त्री महर्जनले खेलकुद विकास समिति, ललितपुरको अध्यक्ष विनोद महर्जनले पनि खेल क्षेत्रमा राम्रो काम गरिरहेको बताए । उनले विनोद महर्जनलाई अध्यक्ष बनाउन आफूले विशेष भूमिका खेलेको पनि बताएका छन् । किक बक्सिङको राष्ट्रिय च्याम्पियन भइकेको व्यक्तिलाई अध्यक्ष बनाउँदा ललितपुरको खेलकुदको विकास हुन्छ भनेरै अध्यक्ष बनाएको उनले बताए ।



बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया