अष्ट्रेलियामा तीज महोत्सव, अभिनेत्री नीता ढुङ्गाना सहभागी

काठमाडौं । अष्ट्रेलियाको बर्वुडमा नेपाली हिन्दु समाजको आयोजनामा तीज महोत्सव सुरु भएको छ ।

नेपाली समुदायको सहभागितामा आयोजना गरिएको कार्यक्रममा अभिनेत्री नीता ढुङ्गानाले तीजको ब्रत कार्यक्रमको उद्घाटन गरेकी छिन् ।

महोत्सवमा सांस्कृतिक प्रस्तुति, पूजापाठ, नृत्य, तथा तीज सम्बन्धित विविध कार्यक्रम समावेश गरिएको आयोजकले जनाएका छन् । कार्यक्रम बिहान १० बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने छ ।

अभिनेत्री ढुङ्गानासँगै ज्योतिष तथा अभिनेता हरिहर अधिकारीले सांगीतिक प्रस्तुति दिने भएका छन् । साँझ दुईवटा स्टेज प्रदर्शनको तयारी गरिएको छ ।

नेपाली हिन्दु समाजले अष्ट्रेलियामा रहेका सम्पूर्ण नेपाली समुदायलाई महोत्सवमा सहभागी हुन आह्वान गरेको छ ।

महोत्सवले नेपाली संस्कृति संरक्षण र प्रवर्द्धनसँगै समुदायबीच आपसी भेटघाट र सम्पर्क विस्तारमा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

Published : Tuesday, 2025 August 26, 9:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया