प्रवासमा रहेर पनि देशको विकासमा योगदान दिन सक्छौँ : सभापति पाण्डे
नयाँ दिल्ली । नेपाली कांग्रेस निकटको नेपाली जनसम्पर्क समितिले नयाँ दिल्लीमा तीज विशेष कार्यक्रम तथा स्वर्ण वर्षको अवसरमा कार्यक्रम गरेको छ ।
समितिका सभापति बालकृष्ण पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । पाण्डेले प्रवासी नेपालीका समस्या समाधानका लागि नेपाल सरकार र भारत सरकारबीच गहिरो समन्वय आवश्यक रहेको बताए ।
३७ वर्षदेखि प्रवासी नेपाली समुदायसँग सक्रिय पाण्डेले भारतमा रहेका नेपालीहरूले भोगिरहेका रोजगार, शिक्षा, स्वास्थ्य, कागजात तथा सामाजिक पहिचानसम्बन्धी समस्यालाई तत्काल सम्बोधन गर्नुपर्ने बताए । ‘यी समस्या व्यक्तिगत मात्र होइनन्, यो दुई देशबीचको सम्बन्धसँग प्रत्यक्ष जोडिएको विषय हो,’ पाण्डेले भने, ‘नेपाल सरकार र भारत सरकारले मिलेर मात्र यसको दीर्घकालीन समाधान सम्भव हुन्छ ।’
सभापति पाण्डेले भने, ‘नेपालमा समस्या छन् । हामी निराश हुनुपर्ने कारण छैन । हामी प्रवासमै रहेर पनि देशको विकासमा ठूलो योगदान दिन सक्छौँ ।’
पाण्डेले भविष्यका लागि केही प्रस्तावहरू पनि अघि सारेका छन् । प्रवासी नेपाली सहायता कोष स्थापना, शिक्षा तथा छात्रवृत्ति सहयोग, स्वास्थ्य उपचारका लागि सहकार्य, कागजात सहायता कक्ष, सांस्कृतिक संरक्षण अभियान जस्ता विषयलाई समेटेर उनले प्रस्ताव अगाडि ल्याएका हुन् ।
सभापति पाण्डेले तीज पर्वलाई एकता, मिलन र आशाको पर्व रहेको बताए । उनले प्रवासमा भए पनि नेपालीहरूले आफ्नो संस्कृति सुरक्षित राख्न सफल भएकोमा खुशी व्यक्त गरेका छन् ।
कार्यक्रममा सहभागी दिदीबहिनीहरूले गीत, नृत्य र व्रतमार्फत तीजको सांस्कृतिक महत्व प्रस्तुत गरेका थिए । विशेष अतिथिका रुपमा भारतका लागि नेपाली राजदूतावासका प्रतिनिधि तथा नेपाल प्रहरीका एसएसपी प्रकाश मल्लको पनि उस्थिति रहेको थियो ।
नेपाली जनसम्पर्क समितिको गौरवपूर्ण स्वर्ण वर्ष अवसरमा, नेपाली जनसम्पर्क समिति उत्तर भारतको आयोजनामा श्रीमती नन्दनीकुमारी न्यौपानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमलाई सञ्चालक महासचिव दयाराम रोकायाले गरेका थिए ।
कार्यक्रममा रविन्द्रराज भण्डारी, रविन्द्रजंग थापा, एभरेस्ट चेम्बर अफ कमर्सका महासचिव मोहन कार्की, साउथ एसिया युनिभर्सिटीका प्राध्यापक श्री युवराज पोखरेल, नेपाली कांग्रेस जनसम्पर्क समन्वय विभागकी सदस्य सुनिता कुँवर, देवाखर भुसाल, सुन्दर न्यौपाने, कृष्ण पाण्डे, अनुशासन समितिका संयोजक टेकराज पोखरेल, कोषाध्यक्ष जनक गिरी, पूर्व अध्यक्ष सुनिता जिसी कुँवर, सहमहामन्त्री लक्ष्मण पाण्डे, तरुण विभाग प्रमुख लालित जिसी, केन्द्रीय सदस्य नरदेव कुँवर, केन्द्रीय सदस्य सीता अधिकारी, डाइरेक्टर जबर गुरुङ, पत्रकार विजय थापा, उत्तर भारतका उपध्यक्ष नरहरि घिमिरे, उपध्यक्ष बलबहादुर सिटौला, कोषाध्यक्ष बाबुराम अधिकारी, संगठन सचिब जबीलाल, शिक्षा सचिव करण बुढा, पूर्व उपाध्यक्ष केशवराज उपाध्याय लगायतको उपस्थिति रहेको थियो ।
जनसम्पर्क समिति उत्तर भारतका कलाकार बन्दना भुसाल, रोमा पाण्डे, सञ्जना भुसाल, सोनिया परियार, हिमानी भुसाल, हेमा मल्लले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।


बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया