माँ पाटेश्वरीका महन्थ मिथिलेशद्वारा पशुपतिनाथ मन्दिरमा पूजापाठ

काठमाडौं । ‘माँ पाटेश्वरी’ तुलसीपुर, उत्तरप्रदेश, भारतका महन्त मिथिलेश नाथ महाराजले पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गरेका छन् ।

तीन दिने नेपाल भ्रमणमा आएका महन्थ मिथिलेशले आइतबार बिहान पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गरेको नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद अभिषेकप्रताप शाहले बताए । नेता शाहले भने, ‘माँ पाटेश्वरी’ तुलसीपुर, भारतका महन्त मिथिलेश नाथ महाराज ज्यूले पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गरेर सोमबार काठमाडौंबाट भारततर्फ प्रस्थान गर्नुभएको छ ।’

नेपालको धार्मिक भ्रमणका क्रममा महन्थ मिथिलेशले नेपाल र भारतबीच मजबुद सांस्कृतिक र धार्मिक सम्बन्ध रहेको बताएका छन् । कांग्रेस नेता शाहका अनुसार महन्थ मिथिलेशले नेपाल–भारतबीचको सम्बन्धलाई धार्मिक विषयलाई झन् जोडेर राखेको बताएका छन् ।

महन्थ मिथिलेशसँग उनका गुरुभाई समेत रहेका बलरामपुर, उत्तरप्रदेश, भारतका नगरप्रमुख धीरू सिंह लगायतको टोलीले पशुपतिनाथ मन्दिरमा दर्शन गरेका छन् ।

महन्थ मिथिलेश उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ निकट मानिन्छन् । योगी आदित्यनाथसँग निकट रहेर मिथिलेशले काम गर्दै आएका छन् ।

माँ पाटेश्वरीका महन्त मिथिलेश नाथ बेलाबेला काठमाडौं आएर पशुपतिनाथ मन्दिरका साथै विभिन्न शक्तिपीठहरूको दर्शन गर्दै आएका छन् । महन्थ मिथिलेशले सन् २०१८ को जनवरी २७ मा पशुपतिनाथ मन्दिरको दर्शन गरेका थिए । त्यसपछि उनी पुनः पशुपतिनाथ मन्दिरमा आएर दर्शन गरेका छन् ।

Published : Monday, 2025 August 25, 3:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया