मुख्यमन्त्री बानियाँद्वारा थाहालाई पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा
थाहा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले मकवानपुरको थाहा नगरपालिकालाई ‘पूर्ण संस्थागत सुत्केरी पालिका’ घोषणा गरेका छन् ।
आइतबार मुख्यमन्त्री बानियाँले थाहा नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा गरेका हुन् । प्रत्येक गर्भवतीले स्वास्थ्य संस्थामा पुगेर सुरक्षित सुत्केरी गराउन पाउनु उनीहरूको नैसर्गिक अधिकार भएको बानियाँले बताए ।
उनले सुरक्षित सुत्केरी हुने वातावरण बनाउनु प्रदेश सरकारको पनि उच्च प्राथमिकता रहेको बताएका छन् । मुख्यमन्त्री बानियाँले थाहा नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मीको कार्यको प्रशंसा गरेका छन् ।
थाहा नगरपालिकामा सबै गर्भवती स्वास्थ्य संस्थामा गएर सुरक्षित ढंगले सुत्केरी हुने गरेको तथा नगरपालिकामा मातृ तथा नवजात शिशु मृत्यु दर शून्य रहेको कार्यक्रममा जानकारी दिइएको थियो ।
मुख्यमन्त्री बानियाँले मकवानपुरको उत्तरी क्षेत्रको स्वास्थ्य, शिक्षा, पर्यटन र सडक विकासलाई पनि प्रदेश सरकारले उच्च प्राथमिकतामा राख्ने बताएका छन् ।
थाहा नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख मेघराज बलामीले १२ वटा स्वास्थ्य संस्था रहेको जानकारी दिएका छन् ।



बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया