भियतनामकी उपराष्ट्रपति सुआनलाई विमानस्थलमा परराष्ट्रमन्त्री डा.राणाद्वारा स्वागत
काठमाडौं । नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेकी भियतनामकी उपराष्ट्रपति वो थी आन सुआनलाई परराष्ट्रमन्त्री डा.आरजु राणाले स्वागत गरेकी छिन् ।
सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका लागि शनिबार काठमाडौं आइपुगेकी हुन् ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा आएकी सुआनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री डा.राणालगायत नेपाली उच्च अधिकारीहरूले स्वागत गरेका छन् ।
भियतनामकोतर्फबाट यो पहिलो उच्चस्तरीय नेपाल भरमण हो । उपराष्ट्रपति सुआन भदौ ९ गते स्वदेश फर्किने कार्यक्रम छ ।

Published : Saturday, 2025 August 23, 3:17 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया