उपप्रधानमन्त्री सिंहले दिए मुख्यमन्त्री बानियाँलाई बधाई

काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँलाई बधाई दिएका छन् ।

बिहीबार सिंहदरबारस्थित शहरी विकास मन्त्रालयमा भएको भेटमा उपप्रधानमन्त्री सिंहले मुख्यमन्त्री बानियाँलाई कार्यकाल सफलताको शुभकामना दिएका हुन् । विश्वासको मत लिएको दुई दिनपछि मुख्यमन्त्री बानियाँले उपप्रधानमन्त्री सिंहलाई भेट्न सिंहदरबारमा आएका छन् ।

सफल, पारदर्शी र जनमुखी कार्यकालको शुभकामना दिँदै उपप्रधानमन्त्री सिंहले बागती प्रदेशका प्रमुख शहरी पूर्वाधार निर्माण, स्मार्ट सिटी परियोजना, यातायात व्यवस्थापन, अव्यवस्थित बसोबासको पुनः व्यवस्थितकरण र वातावरणमैत्री विकासका कार्यक्रमबारे संघ र प्रदेश सरकारबीच राम्रो सहकार्य हुने विश्वास व्यक्त गरेका छन् ।

Published : Thursday, 2025 August 14, 3:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया