स्थानीयहरूको माग बमोजिम धरानको उपकुलपतिमा डा.श्रेष्ठको नियुक्ति, मेडिकल माफियाहरू फेल
काठमाडौं । स्थानीयहरूको माग बमोजिम वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको उपकुलपतिमा हाडजोर्नी विशेषज्ञ प्रा.डा.विक्रमप्रसाद श्रेष्ठ नियुक्त भएका छन् ।
डा.श्रेष्ठलाई बुधबार प्रतिष्ठानको कुलपति समेत रहेका प्रधानमन्त्री केपी ओलीले नियुक्त गरेका हुन् । डा.श्रेष्ठ धरान उपमहानगरपालिका वडा नं. २ का बासिन्दा हुन् । डा.श्रेष्ठलाई उपकुलपति नियुक्तिका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय लक्ष्मी खतिवडा र राजीव ढुङ्गानासहितका सुनसरी कांग्रेसका नेता, कार्यकर्ताहरूले सभापति शेरबहादुर देउवासँग भेटेर आग्रह गरेका थिए । डा.श्रेष्ठ सक्षम र काबिल चिकित्सक हुन् । डा.श्रेष्ठको योग्यता र क्षमतामा चिकित्सकहरू कुनै पनि प्रश्न उठाएका छैनन् ।
धरानका स्थानीयबासिन्दा डा.श्रेष्ठलाई उपकुलपतिमा नियुक्ति गरेपछि मेडिकल माफियाहरू तिलमिलाएका छन् । डा.श्रेष्ठ समाजसेवी पनि हुन् । डा.श्रेष्ठले प्रतिष्ठानमा विभिन्न सेवाहरू प्रदान गर्दै आएका छन् । डा.श्रेष्ठको नियुक्तिपछि धरानमा खुसीयाली छाएको छ ।
धरानको उपकुलपति नियुक्ति गर्न एउटा माफिया समूह हिँडेको थियो । आफूले भनेअनुसार निर्णय गराउन नसकेपछि माफियाहरू रिसाएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा.आरजु राणाको नाम जोडेर समाचार लेखाएर बदनाम गराउने प्रयास गरेका छन् । डा.राणाले परराष्ट्र मन्त्रालय र कुटनीतिक क्षेत्रमा निकै प्रशंसनीय कार्यहरू गरेकी छिन् । डा.राणाको कामबाट तर्सिएको समूहले आफू निकटका केही सञ्चारमाध्यमहरूमा चरित्रहत्या हुने गरेर समाचार लेखाइरहेको छ । ती समाचारहरूमा कुनै सत्यता छैनन् ।
डा.राणाविरुद्ध समाचार लेखाउने कार्य अहिले मात्रै भएको होइन । बिगत लामो समयदेखि भइरहेका छन् । समाचार लेख्न लगाउने पनि कांग्रेसका एक पदाधिकारी, एक मन्त्री र एक केन्द्रीय सदस्य छन् । धरानको उपकुलपति नियुक्तिमा कुन नेताको कोप्रति चासो थियो भन्ने कुरा बाहिर आयो भने समाचार लेखाउन हर्कत गरिरहेका ती पदाधिकारी, मन्त्री र केन्द्रीय सदस्य नाङ्गेझार हुनेछन् । धरानबारे समाचार लेखाइरहेका उनीहरूले राम्रोसँग बुझ्न जरुरी छ ।
विगतमा धरानको उपकुलपति नियुक्तिमा ७ देखि १५ करोडसम्म रकम लिएर नियुक्ति गरिएका समाचार आएका थिए । तत्कालीन समयमा धरानको उपकुलपतिमा प्रा.डा.राजकुमार रौनियार नियुक्ति हुँदा आर्थिक चलखेल भएको व्यापक चर्चा भएको थियो । पछि प्रा.डा.रौनियार करोडौंको भ्रष्टाचार काण्डमा मुछिएका थिए । प्रा.डा.रौनियारलाई तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री गगन थापाले नियुक्त गरेका थिए ।
उपकुलपतिहरू सिफारिस गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, स्वास्थ्य तथा जनसंख्य सचिव डा. विकास देवकोटा र योजना आयोगका सदस्य प्रा.डा.आरपी विच्छा रहेको तीन सदस्यीय सिफारिस समिति गठन भएको थियो ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापा निकट मानिने डा.रामेश कोइरालालाई धरानको उपकुलपति नियुक्तिमा खासै रुचि देखाएनन् । सोही कारण डा.काइराला उपकुलपति बन्न सकेनन् । थापाले चासो नदिएपछि डा.कोइरालालाई स्वास्थ्यमन्त्री पौडेलले पनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति बनाएनन् । पौडेल डा.कोइरालाको अराजक गतिविधि र हर्कतबाट झस्किएर पोखराको नियुक्तिबाट पछाडि हटेका हुन् ।
धरानका लागि पहिलो नम्बरमा डा.श्रेष्ठको नाम सिफारिस भएको थियो । धरानको स्थानीयबासी र सक्षम चिकित्सक भएका कारण डा.श्रेष्ठलाई उपकुलपतिमा नियुक्त गरिएको छ । डा.कोइरालालाई समितिले दोस्रो नम्बरमा सिफारिस गरेको थियो । स्वास्थ्यमन्त्री पौडेलनै डा.कोइरालालाई उपकुलपति नियुक्तिका लागि इच्छुक थिएनन् । मन्त्रीले चाहेको भए डा.कोइरालाले पोखराको उपकुलपति हुन सक्ने थिए । डा.कोइरालाले पोखरा र धरान दुवैतर्फ आवेदन दिएका थिए ।
गगन आफू मन्त्री हुँदा सिफारिस समितिबाट धरानको उपकुलपतिमा ३ जनाको नाम सिफारिस गरेका थिए । सूचिमा डा.कोइरालाको पनि नाम थियो । गगनले डा.कोइरालालाई उपकुलपति बनाएनन् । गगनले त्यो बेला डा.कोइरालालाई पन्छाएर प्रा.डा.राजकुमार रौनियारलाई धरानको उपकुलपति नियुक्त गरेका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया