नापी कार्यालयका प्रमुखलाई कालोमोसो दल्ने खड्का पक्राउ

भरतपुर । चितवनको खैरहनी नगरपालिकामा रहेको नापी कार्यालयका प्रमुख शालिग्राम लम्साललाई कालोमोसो दलेको आरोपमा ध्रुब खड्का पक्राउ परेका छन् ।

पक्राउ परेका खड्का नेकपा बहुमत नामक पार्टीको चितवन जिल्ला सेक्रेटरी हुन् । खड्कालाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको जनाएको छ ।

मंगलबार दिउँसो सेवाग्राहीका रुपमा आएका खड्कासहितका दुई जनाले नापी कार्यालयका प्रमुख लम्सालमाथि कालोमोसो छ्यापेर भागेका थिए ।

Published : Wednesday, 2025 August 13, 12:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया