कांग्रेस सांसद खाँद्वारा मर्चवार क्षेत्रमा विकास योजनाबारे स्थानीयसँग छलफल
लुम्बिनी । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभाका सांसद एवम् पूर्वमन्त्री वसीउद्दीन खाँले आफ्नो निर्वाचन क्षेत्रका विकास आयोजना लगायतका विषयमा स्थानीयसँग छलफल गरेका छन् ।
मंगलबार सांसद खाँले रुपन्देहीको मर्चवार क्षेत्रमा आर्थिक वर्ष २०८२/८३ मा विकास निर्माणका लागि बजेट विनियोजन भएका ठाउँहरूमा स्थलगत निरीक्षण एवम स्थानीय जनप्रतिनिधि तथा जनसमुदायसंग छलफल, भेटघाट गरेका हुन् ।
कांग्रेस सांसद खाँले आफ्नो निर्वाचनमा आर्थिक वर्ष २०८२/८३ का लागि उल्लेख्य योजना र बजेट ल्याउन सफल भएका छन् । स्थानीयको मागअनुसार खाँले योजनाहरू ल्याएको भन्दै योजनाहरू समयमा पूरा गर्न स्थानीय जनता र जनप्रतिनिधिहरूको सहयोग आवश्यक रहेको बताएका छन् ।
Published : Tuesday, 2025 August 12, 8:30 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया