नापी कार्यालय, कलंकीका कार्यालय सहयोगी घूसको रकमसहित पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, कलंकी, काठमाडौंका कार्यालय सहयोगी एकेन्द्र कुँवर १३ हजार घूससहित पक्राउ परेका छन् ।
सोमबार अख्तियारको टोलीले कुँवरलाई नापी कार्यालय परिसरबाट पक्राउ गरेको जनाएको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१३ मा रहेको जग्गा हालसाविक गरी नयाँ पुर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग घूस मागेका थिए ।
अख्तियारले नापी कार्यालय, कलंकीका कार्यालय प्रमुखको मोबाइल २ थान, सोही कार्यालयका सर्भेक्षकको मोबाइल १ थान र कार्यालय सहयोगी कुँवरको साथबाट घूसवापत लिइएको १३ हजार नगन र मोबाइल १ थान बरामद गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताएका छन् ।
Published : Monday, 2025 August 11, 9:15 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया