कपिराइट लागेपछि नेपाल टेलिभिजनको युट्युब डिलिट
काठमाडौं । कपिराइटको अभियोगमा नेपाल टेलिभिजनको आधिकारिक युट्युब च्यानल डिलिट भएको पाइएको छ ।
बारम्बार प्रतिलिपि अधिकार उल्लंघन गरेपछि नेपाल टेलिभिजनको युट्युब च्यानल टर्मिनेट (हटेको) भएको हो । युट्युबमा ८ लाखभन्दा धेरै सस्क्राइब रहेका थिए ।
कोहलपुर प्रशारणका कर्मचारीले राखेको भिडिओका कारण युट्युब च्यानल डिलिट भएको बुझिएको छ । नेपाल टेलिभिजनको मुख्य युट्युब च्यानलमा ८ हजार ४०० भन्दा बढी भिडिओ अपलोड गरिएका थिए । ती सबै भिडिओ समेत च्यानलसँगै गायब भएका छन् ।
पुरानो युट्युब च्यानल डिलिट भएपछि मार्चदेखि सोही नाममा नयाँ युट्युब च्यानल खोलिएको छ । सार्वजनिक सेवा प्रशारण संस्थाका अध्यक्ष महेन्द्र विष्टले कोहलपुर प्रशारणबाट भुलवश अल जजिराको भिडिओ अपलोड भएको र त्यसैमा कपीराइट लागेको बताए । अल जजिरा कतारको न्युज टेलिभिजन नेटवर्क हो । मध्यपूर्व र उत्तर अफ्रिका क्षेत्रको सबैभन्दा ठूलो न्युज नेटवर्क मानिन्छ ।
नेपाल टेलिभिजनको डिजिटल प्लेटफर्म हेर्ने जिम्मेवारी प्राप्त डीजीएम चिन्तामणि बरालले युट्युब च्यानल फिर्ता ल्याउने प्रयासमा अल जजिराले नै समस्या खडा गरेको बताएको टेकपाना अनलाइनले जनाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया